२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मधेसका समस्या समाधानका निम्ति सरकारलाई ‘रुलिङ’ गर्न माग



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायत समस्या तत्काल समाधानका निम्ति सरकारलाई ‘रुलिङ’ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो माग गरेका हुन् ।

सांसद चौरसियाले आँधी, तुफान, हावाहुरी, असिनाका कारण मधेसको जनजीवन कष्टकर हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए । नागरिकलाई पीडा हुँदा पनि सरकारले ध्यान नदिएको उनले गुनासो गरे ।

सांसद चौरसियाले संसद् सचिवालयका कर्मचारीका जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  २ : ४८ बजे