९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

स्थानीय तहहरूलाई १६ अर्ब ९९ करोड २२ लाख सम्मानिकरण अनुदान दिने मन्त्रिपरिषदको निर्णय



काठमाडौँ । मन्त्रिपरिषद बैठकले स्थानीय तहहरूलाई सम्मानिकरण अनुदान हस्तान्तरण गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले र्दुइ वटा महत्वपर्ण निर्णय गरेको छ । जसमा सम्मानिकरण अनुदानमा सात प्रतिशत कटौती गरी स्थानीय तहहरूलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।

१६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ स्थानीय तहहरूलाई हस्तान्तरण गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले दिएको दिइन् ।
स्थानीय तहहरूलाई सम्मानिकरण अनुदानका लागि ८७ अर्ब ३५ करोड ३५ लाख विनियोजन भएकोमा त्यसको ९३ प्रतिशत हुने गरी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : ०३ बजे