४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु



झापा । झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

मंगलबार बिहान दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए।

उनका अनुसार कमल गाउँपालिका(२ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्कालाई बिहान करिब ७ बजे चट्याङले लागेको हो। घरबाट खेत जानेक्रममा चट्याङ लागेर घाइते भएका उनलाई आम्दा अस्पताल दमक पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै बिहान पौने ९ बजे गौरीगंज गाउँपालिका(३ ठेकिटोलामा ४२ वर्षीय लिला भन्ने विकास गिरीलाई चट्याङले लागेको थियो।

वडा नम्बर ८ बस्ने उनलाई ठेकिटोलामा सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा चट्याङले लागेको थियो।

उनको घटनास्थलमै मृत्यु भएको डिएसपी कृष्ण चन्दले बताए।

दुबै घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : २४ बजे