१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

सदस्यता विवाद टुंगो नलगाइकन जबर्जस्ती निर्वाचन तालिका निकालेको भन्दै प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा लगायो ताला



काठमाडौं । नेपाल पत्रकार महासंघले क्रियाशील पत्रकार हटाएको र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको भन्‍दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । विधि र प्रकिया मिच्दै महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो नलगाइकन जबर्जस्ती ढंगबाट निवार्चन तालिका निकालेको भन्दै युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा राति साढे १० बजे तालाबन्दी गरेको हो ।
महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह गर्दै सदस्या विवाद नटुंगिएसम्म महासंघको निर्वाचनमा भाग नलिई देशभर आन्दोलन गर्ने समेत युनियनले बताएको छ । महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गरी निर्वाचन गराउन यदि यो अन्तिम आग्रहलाई पनि बेवास्ता गरे महासंघको निर्वाचनको प्रक्रियामा भाग नलिइ देशव्यापी आन्दोलनमा उत्रने प्रेस यनियनले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १२ : ५९ बजे