काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको सहमतिबारे पदाधिकारीर्ह बैठकमा ब्रिफिङ रेका छन् । सभापति शेरबहादुर देउवाले निवास बूढानीलकण्ठमा आज बैठक राखेर एमालेसँग गएको मध्यरातमा भएको सहमतिबारे ब्रिफिङ गरेका हुन्। पदाधिकारी बैठकपछि बोल्दै प्रवत्ता प्रकाशशरण महतले आलोपालो नेतृत्व गर्ने समझदारी एमालेसँग बनेको बताए।
‘कांग्रेस र एमालेबीच सरकार निर्माण गरेर सँगै अघि बढ्ने सहमति भएको छ। त्यसमा आवश्यकताअनुसार अरू दलहरूलाई पनि समावेश गर्न सकिने भएकोले राष्ट्रिय सहमतिको सरकारकै नाम दिइएको छ,’ प्रवक्ता महतले भने। स्थाइत्वको मुद्धालाई समझदारीको आधार बनाएर संबिधानमा आवश्यक संशोधनको गर्ने उदेश्य सहित राष्ट्रिय सहमतिको सरकार बन्ने कांग्रेसले जनाएको छ ।