९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने माओवादी बैठकको निर्णय



काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् ।

आज बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट प्रचण्डले राजीनामा नदिने बरु विश्वासको मत लिने निर्णय गरिएको हो ।

“प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । विश्वासको मतको सामना गर्ने कुरा भएको छ,” माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने ।नेपाली कांग्रेस र नेकपा ९एमाले०बीच सत्तासहकार्यको सहमतिपछि मंगलबार माओवादी पदाधिकारी बैठक बसेको थियो ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : २५ बजे