८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

बाढी पहिरो पीडितलाई रकम दिएको भन्दै अख्तियारले काट्यो ललितपुरका मेयर चिरिबाबुलाई पत्र !



काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई बाढीपहिरो पीडितका नाममा रकम बाडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ ।बुधबार अख्तियारकी आयुक्त डा। सुमित्रा अमात्यको घरको पर्खाल भत्काएपछि अख्तियारले चिरिबाबुलाई रिसिइबी आधारमा पत्र काटेको बुझिएको छ । मन्दिरको जग्गा मिचेको भन्दै महानगरपालिकाले अमात्यको घरको पर्खाल भत्काएको थियो ।

ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित अमात्यको घरको कम्पाउण्ड (पर्खाल) बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको थियो । अख्तियारकी आयुक्त सुमित्रा अमात्यले गुठी र देवस्थलका जग्गा मिचेर पर्खाल बढाएको र ढोका हालेको विषयमा ललितपुर महानगरपालिकाबीच लामो समयदेखि विवाद थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : ४४ बजे