१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

कांग्रेसबाट पटक-पटक मन्त्री बन्ने अवसर पाएकाहरु यसपटक घरमै राख्नुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यस अघि पटकपटक मन्त्री बनिसकेकाहरूलाई अबको मन्त्रिमण्डलमा पठाउन नहुने बताएका छन् । आज आज सुनसरीको इटहरीमा पुगेका उनले अब बन्ने कांग्रेस–एमाले सरकारमा यसअघि नै पटकपटक अवसर पाइसकेकाहरूलाई विश्राम दिनुपर्ने बताए ।

पार्टीले निर्णय गरेर मन्त्री पठाउँदा समावेशीतालाई उच्च प्रथाामिकता दिनुपर्ने उनको भनाइ छ । उनले दलित, मधेसी महिलालगायत सबैलाई मिलाएर मन्त्री बनाउनुपर्ने तर्क गरे ।

“हाम्रो नेविसंघका भाइबहिनीले ०८१ सालको उदाहरण दिन पाओस् न, मधेसी, दलित, थारू पनि छ भनेर,” उनले भने, “योभन्दा अगाडि ९ जनामा एकजना दलित परेन । अनि कहिले पठाएको भन्दा २०१५ सालको उदाहरण दिनुपरेको छ ।”‘योभन्दा अघिल्लो पटक ९ जना मन्त्री कांग्रेसबाट सरकारमा थिए। तर एउटा दलित, थारू र मधेसी गएन,’ इटहरीमा बिहीबार भएको कार्यक्रममा बोल्दै थापाले भने, ‘मन्त्रीमा दलित, थारू, मधेसी पठाएनौं। कहिले पठायौं भन्दा २०१५ सालमा पठाएको हो नि१ २०८१ मा पठाउनुपर्‍यो नि१’

उनले परिणाम दिन सक्छु भन्ने विश्वास भएका सांसदलाई मन्त्री बनाएर पठाउनुपर्ने बताए ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ५ : ३५ बजे