काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य एक सय रुपँयाले बढेर कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज एक सयले बढेर १ लाख ४४ हजार ४०० सय रुपयाँमा कारोबार भएको हो ।
पछिल्लो एक साताको तथ्यांक हेर्दा सुनको मूल्य तोलामा २६ सय रुपैयाँले बढेको छ ।
गएको साताको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।