काठमाडौँ । कृषि बिकास बैंकले सवारी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो बेवसाइट मार्फत नयाँ सवारी साधन लोनमा लिन चाहने ग्राहकहरुको लागि योजना सार्वजनिक गरेका हो ।
नँया सवारी साधन खरिदमा बैंकबाट ८० प्रतिशतसम्म कर्जा पाइने बैंकले जनाएको छ । मूल्य अभिवृद्धि कर सहितको सवारी कर्जा योजनामा कर्जाको अवधि ७ वर्षसम्म रहने उल्लेख गरिएको छ । बैंकले यस अघि शैक्षिक कर्जा योजना सार्वजनिक गरेको थियो । जसमा सम्बन्धित अध्ययन संस्थाले अनुमोदन गरेको अनुमान लागतको कुल शुल्क रकमको अधिकतम ८० प्रतिशतसम्म कर्जा सीमा रहने उल्लेख छ । अधिकतम ७ वर्ष अवधिको उक्त कर्जा सुबिधा बिद्यार्थीहरुले उपभोग गर्न पाउने बैंक जनाएको छ ।
२६ असार २०८१, बुधबार
112
Shares