२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

माओवादीले भन्यो – विश्वासको मत नपाए ७६(३) बमोजिमकै सरकार बन्छ !



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीले असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ । आज बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन निर्देशन ह्वीप जारी गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरूलाई समेत अपिल गरेको छ ।

बैठक पछी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।
आगामी दिनमा वामपन्थी शक्तिहरूको बिचमा एकता र समाजवादी मोर्चालाई पनि अगाडि बढाउने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पा्रेको उनले बताए । बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सरकारलाई निरन्तरता दिने वचन दिएर काँग्रेससँग सरकार बनाउने सहमति गरेको विषयमा बैठकमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने दाबी माओवादीले गरेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १० : ५१ बजे