८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाल प्रचण्डलाई मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसद्‌मा विश्वास रहेको प्रस्ताव पेस गर्ने र रास्वपाले पक्षमा मतदान गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : ४२ बजे