८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

स्वास्थ्य बिमा कार्यक्रमको परिमार्जित कार्यक्रम भदौ १ गतेदेखि लागु हुने



काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रमको परिमार्जित कार्यक्रम भदौ १ गतेदेखि मात्रै लागु हुने भएको छ । बोर्डले नँया प्याकेजको दररेट भदौदेखी लागु गर्ने बताएको हो ।

सेवा प्रदायक संस्थाहरूले परिमार्जित दररेट अध्ययन र प्राविधिक तयारी गर्नुपर्ने भन्दै समय मागेपछि एक महिना ढिलो लागु गरिने भएको हो ।

स्वास्थ्य बिमा बोर्डले यसअघि साउन १ गतेदेखि नयाँ दररेट कार्यान्वयन गर्ने निर्णय गरेको थियो । बोर्डले एक हजार २९० वटा औषधिसहित सुविधा थैलीमा रहेका प्याकेजको दररेट अपडेट गरेको हो ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १ : ०६ बजे