११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

दोब्बरले बढ्यो वैदेशिक लगानी,एघार महिनामा आठ अर्ब भित्रियो



काठमाडौँ । चालुु आर्थिक वर्षको ११ महिनामा मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो ।

गत आवको ११ महिनाको तुुलनामा यस आवको ११ महिनामा चार अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नीतिगत सुुधारसँगै चालुु आवको सुरुदेखि नै विदेशी लगानी क्रमश रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

११ महिनामा पुुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई पाँच अर्ब ४६ करोड कायम भएको छ । गत वर्ष सो अवधिमा पुुँजीगत ट्रान्सफर सात अर्ब ३५ करोड कायम रहेको थियो ।

चालुु आवको ११ महिनामा ४४ अर्ब ३४ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १ : ४१ बजे