काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य दुई हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
मंगलबार छापावाल सुन एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । म्ंगलबार पनि सुनको मुल्यले नँया रेकर्ड राखेको थियो ।