३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कयौं उद्यमीका लागि प्रेरक बनेकी अम्बिका श्रेष्ठको निधन



काठमाडौं । उद्यमी अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार निधन भएको हो ।

उनी काठमाडौंको लक्जरी होटल द्वारिकाजकी अध्यक्ष हुन् ।

सानो होटलबाट सुरु गरेर द्वारिकाजलाई विख्यात बनाउन सफल उनी कयौं उद्यमीका लागि प्रेरणाकारुपमा रहेकी छन् ।
को हुन् अम्बिका ?
अम्बिकाको जन्म दार्जिलिङमा भएको थियो ।

नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौँ छिरेकी श्रेष्ठ श्रीमान्को मृत्यु पछि द्वारिकाज होटलको अध्यक्ष भएकी हुन्। सफल महिला उद्यमीको रूपमा उनले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेकी छिन्। उनी हिमाल मिडियाको पनि सञ्चालक अध्यक्ष हुन्। २ त्यसदेखि बाहेक दर्जन भन्दा बढी सामाजिक संस्थासँग उनी आबद्ध छन्।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  २ : ४६ बजे