२१ पुस २०८१, आइतबार | Mon Jan 6 2025

मधेश सरकारमा कांग्रेसबाट चार मन्त्रीको नाम सिफारिस



जनकपुर । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट चार जनालाई मन्त्रिपरिषदमा सहभागी गराउन नाम सिफारिस गरिएको छ ।

नेपाली कांग्रेसले अर्थ मन्त्रीमा सुनिलकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जनार्दन क्षेत्री, ऊर्जा, सिँचाइ खानेपानी मन्त्रीमा शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा कौशल किशोर रायको नाम सिफारिस गरेर पठाएको छ।

सिफारिस भएर आएका मन्त्री बिहीबार नियुक्त हुनेछन् । बिहीबार ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ३ : ३२ बजे