काठमाडौं । नेपाली कांग्रेसले २३ साउनमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बिहीबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २३ साउनको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ । कांग्रेस सरकारमा गएपछि
पहिलो पटक कन्द्रीय समितिको बैठक बसेको हो ।