२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा



बागलुङैँ । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो।

वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १० : ४२ बजे