८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा लामाको नाम तय गर्‍यो



मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकातर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्रीमा चाहाना देखाएपछि केही समय अन्योलता भएकामा आज बिहान हेटौँडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । लामा संसदीय दलको नेता हुनुहुन्छ । बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन्।

प्रदेश सभापति एवं सांसद बानियाँले संविधानको धारा १६८ (२) अनुुसार दलको नेताबाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्थाअनुसार पनि मुख्यमन्त्रीका लागि आकाङ्क्षा राखेका छन् ।
कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यता नेकपा एमाले र राप्रपाले समेत विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : २७ बजे