३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या



सर्लाही। सर्लाहीमा धारिलो हतियार प्रयोग गरि पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।

गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार उनको राति ११ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो। प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान जारी छ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १० : १७ बजे