२४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026

उड्ययन प्राधिकरण भन्छ – ‘जहाज उड्नेबित्तिकै दाहिने मोडिएर दुर्घटनामा पर्‍यो’



काठमाडौँ । सौर्यको जहाज उड्नेबित्तिकै दाहिने मोडिएर दुर्घटनामा परेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । दुर्घटनापछि बिज्ञेप्ती जारी गर्दै यस्तो जनाएको हो । “सौर्य एयरलाइन्सको CRJ7 9NAME जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११ः११मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गइ रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा एक जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएको जानकारी गराइन्छ,” प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले दिएको जानकारीअनुसार १८ जनाको शव संकलन गरिएको छ भने एक जनाको जीवित उद्धार गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : ३२ बजे