५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

वाग्मतीका नवनियुक्त मुख्यमन्त्री लामाले लिए शपथ,१० सदस्यीय मन्त्रिपरिषद् विस्तार



काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथ लिएका छन् ।

वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार नवनियुक्त मुख्यमन्त्री लामालाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

मुख्यमन्त्री लामाले शपथ लिएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात छन् । त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : ३९ बजे