८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला



काठमाडौँ । सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि गत असारमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले वरिष्ठ सचिव गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो । योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् ।यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानुन सेवाबाट सचिव भएकी थिइन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : १९ बजे