८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

लुम्बिनीलाई खतराको सूचीमा नराख्ने यूनेस्को वर्ल्ड हेरिटेज कमिटिको निर्णय



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसहमतले अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वर्ल्ड हेरिटेज कमिट) को ४६औं सेसनमा भएको मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निणर्य भएको हो ।

नेपालको तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, मन्त्रालयको तर्फबाट सचिव डा.गणेशप्रसाद पाण्डेयसहितको नेतृत्व गर्दै टोली (यूनेस्को वर्ल्ड हेरिटेज कमिटि)को ४६ औं सेसनमा सहभागी हुन नयाँ दिल्ली पुगेको थियो ।

वर्ल्ड हेरिटेज कमिटिका २१ देशमध्ये भारतसहित १९ देशका प्रतिनिधिले बुद्धजन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ११ : ३२ बजे