४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

आफूलाई कारबाही गर्ने रास्वपाको बैठक अवैधानिक भन्दै मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन



काठमाडौं । पार्टीको महामन्त्री र प्रवक्ता पदबाट कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी नेता डा।मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

पदाधिकारी हेरफेर गर्ने बैठक अवैधानिक भन्दै उनले त्यसले गरेका निर्णयहरू बदरको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

निवेदनमा उनले भनेका छन्, ‘ मैले पदमुक्त बारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन । यस सम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धीको ऐन, २०७३ को दफा ५१ बमोजिम तीन दिनभित्र अद्यावधिक गर्नका लािग त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसामु पेस गरेको छु ।’

ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले असार २५ गते पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १ : २३ बजे