काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला १०० रुपैयाँ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।