८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

बाङ खोलाको बाढीले तीन पुल बगायो



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुनास्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुंगेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए ।

अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुंगे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ ।

यस्तै, मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पु¥याएको धवलागिरि–३, मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  २ : १४ बजे