काठमाडौं । गृहमन्त्री रमेश लेखकले डीआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाका रूपमा लिन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बिहीबार उनले यस्तो आग्रह गरेका हुन् ।
बैठकमा नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरी दुई महिना नपुग्दै डीआईजीको किन सरुवा गरिएको रु भन्ने प्रश्न गरेका थिए । त्यसपछि उनले यस्तो जवाफ दिएका हुन् ।
कर्मचारीको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै उनले डीआईजी केसीलाई ‘उपयुक्त’ ठाउँमा लगिएको बताए । केसी योग्य व्यक्ति भएको र प्रहरीलाई तालिम दिने स्थानमा लगिएको उनको भनाइ थियो ।
सरुवा गरेर उनको ठाउँमा डीआईजी नै ल्याइएको भन्दै उनले यसलाई सामान्य प्रक्रियाका रूपमा लिन आग्रह गरे ।