४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभालाई सम्बोधन गर्दे पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश सभामा बोल्दै नेपाली कांग्रेस र नेकपा (एमाले)को माग बमोजिम मार्ग प्रशस्त गरेको बताए।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मतको लागि प्रस्ताव पेस गर्ने अनुमति लिएको भए पनि प्रस्ताव नगरेको बताउँदै बैठक स्थगित गरे।

आजै प्रदेश प्रमुख नाजिर मियालाई राजीनामा बुझाउने छन् । नेकपा (एकीकृत समाजवादी) का दलका नेता सोडारी एमाले, माओवादी र नागरिक उन्मुक्तिको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : ०४ बजे