८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

राजनीतिक स्थायित्व लागि दुई ठूला दलको सरकार बन्यो : उपप्रधानमन्त्री सिंह



काठमाडौँ । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले)को सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्व दिनका लागि बनेको बताए । उनले राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने पनि जिकिर गरे ।

उनले सामाजिक परिवर्तनका लागि पनि सरकार प्रतिबद्ध रहेको बताए । उनले विगतमा झैँ अहिले पनि साथ र सहयोग गर्न आग्रह गरे ।

उनले भने, ‘‘संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा ९एमाले० मिलेर राजनीतिक स्थिरता, स्थायित्व दिनका लागि बनेको यो सरकार हो । यही राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने प्रतिवद्धतासहित सामाजिक परिवर्तनका लागि हामी गएका छौँ । तपाईँहरूले जसरी हामीलाई साथ दिँदै आउनुभएको छ, हामीले पाएको जिम्मेवारी सफल पार्नको लागि साथ, सल्लाह, सुझाव आवश्यक छ ।’’

उपप्रधानमन्त्री सिंहले सबैले साथ र सहयोग गरे आर्थिक विकास र समृद्धि सम्भव रहेको पनि बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १२ : ३७ बजे