८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कर्णालीका मुख्यमन्त्री कँडेल २१ साउनमा विश्वासको मत लिँदै



जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउने २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिँदै छन् ।

विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा (२)बमोजिम विश्वासको मत लिन लागेको हुन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी हुन लागेको छ । काँग्रेसले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम समेत टुग्यांइसकेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ६ : २२ बजे