८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

टीआरसी विधेयकको सहमति प्रतिबेदन प्रधानमन्त्रीलाई बुझाउँदै



काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सहमति प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाउने कार्यक्रम रहेको छ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकमा सहमति जुटाएको कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउँदै छ । बिहान ११ बजे कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई प्रतिवेदन बुझाउन लागेको हो ।

कार्यदलले एक साताअघि दलहरूसँगको समन्वयमा विवादित सबै विषयमा सहमति जुटाएको थियो । तीन दलका तीन नेता, कानुन समिति सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी लामो समयदेखि सहमति जुट्न नसकेका विवादित विषयमा सहमति भएको थियो ।

पीडितलाई केन्द्रमा राखेर र सर्वोच्च अदालतका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी कार्यदलमा सहमति भएको थियो । टीआरसीको बिषय लामो समयदेखी बिवादित रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : २३ बजे