८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

नेपाल-भारतबीचको खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने भएका छन् । साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुने खेल हेर्न ओली पुग्नेछन् । आज उपाधिका लागि नेपाल र भारतबीच आज खेल हुँदैछ ।

लिग चरणमा इरानसँग बदला लिँदै नेपाल फाइनलसम्म आइपुगेको हो । भारतले श्रीलंकालाई हराएपछि फाइनलमा नेपाल–भारत आमने–सामने भएका हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ११ बजे