८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

प्रदेशमा सत्ताको दुरुपयोग नमुना : १२ मन्त्रालयमा २० जना मन्त्री !



काठमाडौँ । मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ । मंगलबार जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन् ।जबकि प्रदेशमा १२ मन्त्रालय रहेका छन् ।

प्रदेश सरकारमा केन्द्रको छाँया देखिएको, कार्यकर्ता भर्ति केन्द्र बाहेक अन्य प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ । सत्ता टिकाउन र गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउने नाममा प्रदेशमा यसरी सरकार निर्माण गर्नु आफैमा नमिल्ने र आम रुपमा स्वीकार्य नहुने देखिएको छ ।

यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो । मंगलबार एमालेबाट मो। जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् । अहिले मधेष प्रदेशको बिषयलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना नइरहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ३३ बजे