काठमाडौँ । कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य एकाइ सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालमा रहेको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइको अन्तरङ्ग सेवाको बुधबार उद्घाटन गरे ।
मन्त्री पौडेलले १६ शय्याको अन्तरङ्ग सेवा विभागको अवलोकन गरी, एकाइबाट दिइँदै आएको टेलिमेडिसिन सेवाबारे जानकारी लिएका थिए ।
यसअघि लगनखेलस्थित मानसिक अस्पतालले किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइको सञ्चालनमा ल्याएको थियो । तर बालबालिकाको मानसिक स्वास्थ्योपचारलाई लक्षित गरेर अन्तरङ्ग सेवा सञ्चालनमा आएको भने यो पहिलो अवसर हो ।