३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

दैलेखस्थित लोहोरेको जलसतह सतर्कता पार



काठमाडौं । दैलेखस्थित लोहोरे खोलाले जलसतह सतर्कता तह पार गरेको छ ।

लोहोरे खोला तल्लोढुंगेश्चर जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेकाले उक्त खोलाको तटीय क्षेत्र रहनेले दिउँसोसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  १० : ०८ बजे