८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता



काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । सोमबार उनीहरुबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो ।

भेटले नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा आफूले गरेको परराष्ट्रमन्त्री राणाले बताएकी छिन् । भेटपछि उनले भनेकी छन्, ‘भारतीय विदेशमन्त्री श्री एस। जयशङ्करसँग आज नयाँदिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो । यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु।’

परराष्ट्रमन्त्री राणा आइतबार भारत भ्रमणमा गएकी हुन् । उनले आजै भारतीय प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताइएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ३ : ४१ बजे