काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन तोलामा एक हजार १०० रुपैयाँले घटेर कारोबार भएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।