काठमाडौं । आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य एक हजार रुपैयाँ बढेर कारोबार भएको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।