काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । सुनको मूल्यमा बिहीबार पनि तोलामा दुई सयले बृद्धि भई नयाँ रेकर्ड कायम भएको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार त्यो मूल्यभन्दा बढी कायम भएको हो ।