८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

टिआरसी सम्बन्धी कानुनको अन्तर्राष्ट्रिय समुदायले गर्‍यो स्वागत



काठमाडौँ । नेपालमा सङ्क्रमणकालीन न्याय (टिआरसी)० सम्बन्धी कानुन बनेकोमा संयुक्त राज्य अमेरीका, बेलायत लगाएत १० वटा देशहरुले स्वागत गरेका छन ।

अमेरिका,स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सका प्रतिनिधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरी कानुनको स्वागत गरेका हुन ।

नेपाल सरकारले अगाडकिो मार्ग पहिल्याउँदै गर्दा, हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने कुरा संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन आफूहरु तयार रहेको र त्यसका लागि विशेष आवश्यकताहरूका विषयमा आफूहरुले नेपाल सरकारबाट जान्न चाहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ९ : ०५ बजे