८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै होः मन्त्री पाण्डे



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् । भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताए ।

मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए । उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने जिकिर गरे ।

मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको सुरुवात कहाँबाट गर्नुपर्छ भन्ने कुरा बुझिसकेको बताए । सत्य र निष्ठाबाट विचलित नभई नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने बताए ।
यसैगरी, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषाको मूल जरो उत्पादन भएको बताए । उहाँले संस्कृति पनि भाषामै अड्किएको जिकिर गरे। भाषा नरहे संस्कृति नरहने बताउदै भाषा बिना संस्कृतिको मौलिकता हराउने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ३ : २० बजे