३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी जेल चलान



रुकुमपूर्व । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी जेल चलान भएका । रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान भएका छन्।

वि.सं. २०४८ साल असार ९ गतेका साबिक रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। उक्त मुद्दामा दोषी ठहर भएपछि केसी फरार भएका थिए ।
आइतबार सांसद केसी आफै रुकुमपूर्व जिल्ला अदालतमा उपस्थित हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए। उपस्थित पश्चात् अदालतले कैद भुक्तानीको लागि रुकुम पश्चिमको कारागार चलान गरेको डिएसपी खरेलले बताए।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा दोषी ठहर रहेको रुकुमपूर्व जिल्ला अदालतका स्रेस्तादार तथा सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ८ : ५१ बजे