९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

लगातार दोस्रो दिन नेप्से सँगै कारोबार पनि घट्यो



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्से ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा बन्द भएको हो।

यस दिन २२ कम्पनीको सेयर मूल्य बढेको छ । २२२ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नौ अर्ब ४३ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य ८.९८ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ । परिसूचक सर्वाधिक घट्नेमा होटेल तथा पर्यटन समूह छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ३ : ५१ बजे