३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

पन्ध्र लाख खर्चेर धुलिखेलमा बिपी कोइरालाको सालिक निर्माण



काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ।

बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो।

प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार रु १५ लाखको लागतमा ढलौटको सालिक बनेको ह । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा सङ्कलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताइन्।

आगामी असोज ५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ।

बनेपा(सिन्धुली(बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ। यो बाटोलाई बिपी राजमार्ग भनिन्छ। जापान सरकारको अनुदानमा बिपी राजमार्ग निर्माण भएको हो।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  २ : ०८ बजे