३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

आफ्नो सम्बन्धबिच्छेद नक्कली भए प्रमाणित गर्न कांग्रेस सांसद धनराज गुरुङको चुनौती



काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि लागेको आरोपमा संसदीय छानबिन समिति आवश्यक देखिए बनाउन तयार रहेको बताएका छन् ।उनले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै यस्तो बताएका हुन् ।

“श्रीमान् या श्रीमती जो कुनै काण्डमा संलग्न भए दोष अर्कोले बोक्न मिल्छ कि मिल्दैन ?,” उनको प्रश्न थियो, “भूतपूर्व श्रीमान् या श्रीमतीलाई जोड्न मिल्छ कि मिल्दैन रु विवाह गर्नु अपराध हो रु मिल्न नसक्नु अपराध हो ? त्यो पनि होइन ।”

नेलशन मन्डेलाको पनि सम्बन्ध विच्छेद भएको उदाहरण दिँदै उनले भने, “नक्कली भएको बताउनुभएको रहेछ । जसले नक्कली कुरा गर्छ अरुलाई पनि त्यस्तै देख्छ । १० वर्षे बच्चा हुर्काउनुको पीडा म आफैँसँग छ । संसदीय छानबिनका लागि म तयार छु ।”
त्यस्तै उनले रास्वपा सांसदले आफ्नो सम्बन्ध बिच्छेदको नक्कली भएकी आरोपमा नक्कली प्रमाणित चुनौती दिएका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  २ : २० बजे