९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सरकारी कार्यालयमा टीएमएस प्रतिबन्ध,कार्यालयमा शेयर काराेबार गर्न नपाइने



काठमाडौँ । अबदेखि सरकारी कार्यालयमा शेयर कारोबार गर्न नपाइने भएको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली प्रतिबन्ध लगाएको जानकारी दिएका हुन्।

उनले सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्दा सरकारी काम प्रभावित भएको गुनासो आएपछी सरकारले टीएमएस प्रतिबन्ध लगाएको उल्लेख गरेका छन्।

अबदेखि सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस चल्ने छैन। ओलीले सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ६ : २७ बजे