८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

रामगोपालपुरका वडाध्यक्षको मृत्युबारे अनुसन्धान गर्न प्रचण्डको माग



काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् । यादवको स्मृतिमा आज महोत्तरीमा भएको श्रद्धाञ्जली सभामा प्रचण्डले मृत्युको कारणबारे छानबिन गर्न आग्रह गरेका हुन् ।

वडाध्यक्ष यादव यही भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा मृत अवस्थामा फेला परेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरूले उनको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् ।

वडाध्यक्ष यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी (जसपा) नेपालका नेताहरू केही दिनअघि राजधानीसम्म आएका थिए ।

अध्यक्ष प्रचण्डले यादवको निधन शंकास्पद देखिएकाले उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि आग्रह गरिने बताए ।

मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर दुर्घटना भएको देखाउन खोजेको जस्तो देखिएको बताइन् ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ११ : ५५ बजे