८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

उपसभामुखबारे सत्तारुढ दलको कदम पर्खिदै रास्वपा !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानाबारे ‘पर्ख र हेर’को नीति लिएको छ । रास्वपाले सत्तारुढ दलहरु कसरी पस्तुत हुन्छन् सोही अनुसार निर्णय लिने उनले बताए । आज बसेको सचिवालय बैठकपछि कार्यवहाक प्रवक्ता मनिष झाले अहिले कुनै निर्णय नगरिएको बताए ।

“उहाँहरूले कस्तो कदम लिनुहुन्छ । उहाँहरूको प्रस्तुति कस्तो हुन्छ ? त्यसअनुसार हामी फेरि छलफल गर्नेछौँ,” उनले भने, “हामी पर्ख र हेरको अवस्थामा छौँ ।”

परिस्थितिको सामना गर्न तयार रहेको उनको भनाइ छ । उनले उपसभामुखको १९ महिनाअघिको पत्र राजनीतिक दाउपेचमा आएको निष्कर्ष सुनाए । “पत्र सम्बन्धित ठाउँमा पुगेको पनि थिएन । भिसाको अन्तर्वार्ताको समय माग गरिएको थियो । १८ महिनासम्म किन लुकाएर राखिएको,” उनले भने ।
यता कांग्रेस र एमालले भने रानालाई हटाउने तयारी गरेका छन् । दुबै पार्टीले उपसभामुख रानालाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १ : १३ बजे